पार्टीको महाधिवेशनपछि आन्दोलन उत्रिन्छौँ : कमल थापा
१९ आश्विन, बिर्तामोड – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन राप्रपाको निमित्त पुनर्जागरण भएको बताउदै महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने बताउनुभएको छ। पुर्बान्चल क्षेत्रको भ्रमणका क्रममा आज बिर्तामोड पुग्नुभएका थापाले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदुरदर्शिता र अकर्मण्यताको कारण मुलुक संकटग्रस्त भएको बताउदै भ्रस्टाचारले देशलाई थला पारेको बताउनुभयो।
धर्मपरिबर्तन,बेरोजगारी समस्या समाधान नगरे मुकुक थप बर्बादीतर्फ धकेलिने थापाको टिप्पणी थियो । केन्द्रमा पार्टी एकता पछि तल्लो तहसम्म एकताको सन्देश पुर्याउन नसकिएको भन्दै थापाले अब नयाँ उत्साह र उर्जा दिनको निमित्त सक्रियता र गतिशीलता जरुरी भएको बिचार ब्यक्त गर्नुभयो । पार्टी संचालनका क्रममा केही त्रुटि र कमजोरी भएको स्विकार्दै थापाले आगामी दिनमा बिगतका कमजोरी नदोहोर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने आफ्नो योजनालाई सबैको साथ सहयोग लिएर पूरा गराई छाड्ने दृढता समेत थापाले ब्यक्त गर्नुभयो । निष्ठा , सिद्धान्त र आदर्शको राजनीति अहिलेको आबश्यकता भएको चर्चा गर्दै थापाले राष्ट्रिय स्वाधिनताको निमित्त राष्ट्रबादी देशभक्त शक्तिहरु एक ठाउँमा उभिनु पर्ने आबश्यकता समेत औल्याउनुभयो । सो अबसरमा पार्टीका नेताहरु राजेन्द्र लिङ्देन, राम थापालगायतको उपस्थिति रहेको थियो भने जिल्ला अध्यक्ष केशब ओझाले जिल्लाको सांगठानिक अबस्थाबारे जानकारी गराएउनुभएको थियो ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE