कांग्रेसका नेता कार्यकर्तालाई उद्धार र राहतमा खट्न सभापति देउवाको निर्देशन
२ असार, काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले क्षति पुर्याएकाले तत्काल आ–आफ्नो क्षेत्रबाट उद्धार र राहतमा खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सभापति देउवाले आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारलाई समेत आग्रह गरेका छन् ।
देउवाले लेखेका छन्, ‘केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ । कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूलाई तत्काल आ–आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु । सरकारलाई तत्काल विपद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई आवश्यक राहत प्याकेज घोषणा गर्न माग गर्दछु ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE