Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

‘नैतिकताको सानो अंश छ भने राजिनामा दिनुहोस् नभए इतिहासमा कलंकित मात्रै हुनुहुनेछ’ : माधव नेपाल

२२ फागुन
काठमाडौं –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन आग्रह गरेका छन्।

शनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन अन्तिम मौका बाँकी रहेको बताएका हुन्।

‘केपी ओलीलाई हामी अन्तिम मौका दिइरहेका छौं। राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भएपनि देखाउनुहोस्। नभए इतिहासमा तपाई सधैंभरी कलंकित मात्रै हुनुहुनेछ’ नेपालले भने,‘धेरै फुर्ती नदेखाउनुहोस्। तपाईका फुर्ती देखाउने दिन गए।’

नेपालले ओलीले आफैले बनाएको संविधानलाई मृत बनाएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी पनि गरे। ‘कम्युनिस्ट बिचार बोक्नेहरू प्रतिगमनमा पनि लाग्दा रहेछन् भन्ने एउटा उहाँले नकारात्मक उदाहरण दिनुभएको छ। विगतमा पनि कम्युनिस्ट आन्दोलनमा लागेका मान्छे दक्षिणपन्थी दिशामा विसर्जन भएर गएका छन्’ नेपालले भने,‘यो नौलो कुरा होइन।

WRITE COMMENTS FOR THIS ARTICLE