Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

९ जिल्लाका १०० किशोरीलाई विभिन्न संघसंस्थाको पद हस्तान्तरण’ गरिने

काठमाडौं – अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा विश्वभर ‘गर्ल्स टेक ओभर’ कार्यक्रम हुने भएको छ ।

नेपालमा भने देशभरका ९ जिल्लामा सय जना किशोरीहरुले विभिन्न कार्यलय तथा संस्थाहरुको नेतृत्व केही घन्टाका लागि लिनेछन् । प्लान इन्टरनेसनलले बालिका दिवसको अवसरमा विश्वभर ‘गल्र्स टेक ओभर’ (बालिका तथा किशोरीलाई पद हस्तान्तरण) हुने जनाएको छ ।

नेपालमा पनि बालिका तथा किशोरीलाई पद हस्तान्तरण कार्यक्रम निरन्तरता हुने भएको छ । संघीयस्तरका संघसंस्थाका साथै जुम्ला, कालीकोट, डोल्पा, मकवानपुर, धनुषा, सिन्धुली, सुर्खेत जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा विभिन्न सरकारी निकाय, संघसंस्था, मिडिया, दुताबास, शैक्षिक संस्था लगायतमा प्रमुख व्यक्तिको कार्यभार एक दिनका लागि एक किशोरीलाई पद हस्तान्तरण हुनेछ ।

अभियान अन्तर्गत पहिलो चरणमा अक्टोबर ११ र १२ तारिखका दिन राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव, त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभागका विभागिय प्रमुख, प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशक, नेपाल पत्रकार महासंघका विभिन्न जिल्ला शाखाहरुको अध्यक्षको रुपमा बालिका तथा किशोरीले भूमिका निर्वाह गर्ने छन् ।

प्लान इन्टरनेसनलका राष्ट्रिय निर्देशक राम किसन गल्र्स टेकओभर बालिका तथा किशोरीहरुका लागि उत्कृष्ट अवसर भएको दाबी गर्छन् । उनी भन्छन् ‘यसले बालिका तथा किशोरीहरुका सवालमा निर्णायककर्ता, नेता तथा परिवर्तनका संवाहकहरुको दृष्टिकोण परिवर्तन गर्दछ ।’

नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजहरुसँगको हातोमालो तथा हामी दाजुभाईको प्राविधिक सहयोगमा अभियान हुने आयोजक संस्थाले जनाएको छ । प्रभाव, सञ्चार तथा अभियानका निर्देशक प्रसेन खाती गल्र्स टेक ओभर कार्यक्रमले किशोरीहरुमा सशस्त्र बनाउने बताउँछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE