नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रलाई हिजो–अस्तिसम्म आफ्नो आदर्श बनायो ः केपी ओली
नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रलाई हिजो–अस्तिसम्म आफ्नो आदर्श बनायो ः केपी ओली
७ साउन, काठमाडौं– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गर्ने कांग्रेसको नीति रहेको बताएका छन् ।
अध्यक्ष ओलीले कांग्रेस प्रतिक्रियावादीसँग मिलेको आरोप लगाउदै दमनकारी नीति स्थापनाकालदेखि नै लिएको आजको नीति पनि त्यही रहेको बताएका हुन् ।
पुष्पलालको स्मृति दिवसमा ललितपुरको च्यासलमा भएको कार्यक्रममा बोल्दै उनले कांग्रेस सुरुवातदेखि नै लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न तयार नभएको आरोप लगाएका छन् ।
२००७ सालमा देश नै छाडेर हिँडिसकेका राजालाई नेपालमा फर्काउने काम कांग्रेसको नै गरेको स्मरण गराउदै ओलीले अनेकथरी षड्यन्त्रकारी नन्दी भ्रिंगीसँग सहकार्य गर्ने कांग्रेसको नीति रहेको बताएका छन् ।
आफू प्रगतिशील भएकाले कांग्रेसले सहकार्य गर्न नचाहेको बताउदै उनले कांग्रेसले कहिले पनि प्रगतिशिलसँग मिल्ने नीति नलिएको आरोप लगाए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE