दुई प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्ति
दुई प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्ति
१२ साउन, काठमाडौं– गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई प्रदेशका प्रदेश प्रमुखहलाई हटाएर गुरुङ र शेरचनलाई नियुक्त गरेको हो ।
ओली सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर सीताकुमारी पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । उहीँ ठाउँमा शेरचन प्रदेश प्रमुखमा नियुक्त हुने भनिए पनि उनी लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।
उता, गण्डकीमा प्रदेश प्रमुख सीता कुमारीलाई हटाएर पृथ्वीमान गुरुङलाई ल्याइएको छ भने लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर शेरचनलाई प्रदेश प्रमुख बनाइएको छ ।
संविधानको धारा १६३ को उपधारा ४ मा एकै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन नसक्ने प्रावधानका कारण शेरचनलाई लुम्बिनी प्रदेशमा पठाइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE