रंगेलीमा पुजाको प्रसाद खाँदा एकै गाउँका ४० बढी बिरामी
१७ कात्तिक
काठमाडौँ – मोरङको रंगेलीमा पुजाको प्रसाद खाँदा ४० जना स्थानीय बिरामी भएका छन् । रंगेली नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पूजाको प्रसाद खाँदा एकै गाउँका ४० जना बिरामी भएका हुन् ।
कोजाग्रत पूर्णिमाको दिन बङ्गाली समुदायले लक्ष्मी पूजा गर्ने र सो रात जागरम समेत बस्ने भएकाले त्यसदिन छरछिमेक भेला भएर दत्तले बाँडेको पूजाको प्रसाद खाएका थिए । प्रसाद खाने अधिकांश बिरामी भएको र उनीहरुको रंगेली अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
मण्डलका अनुसार प्रसाद खाएकालाई ुफुड पोइजनु भएको र उनीहरुमा झाडापखाला, बान्ता, ज्वरो र पेट दुख्ने समस्या देखिएको छ । अहिलेसम्म सोही पूजाको प्रसाद खाएका ४० जना उपचारका लागि अस्पताल पुगेका छन् । अस्पतालमा अन्य बिरामीसहित ‘फुड पोइजन’का बिरामी समेत पुगेपछि अस्पतामा बेड अभावका कारण केहीलाई घरमा नै स्लाइन पानी चडाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE