नेपाल पत्रकार महासंघ बाग्लुङ्गको नयाँ कार्ययोजना श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा कुनै कसुर नछोड्ने
सीताराम थापा
बागलुङ-नेपाल पत्रकार महासंघ बागलुङले श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यन्वयनका लागि नयाँ अभियानको सुरुवात गर्ने भएको छ । बागलुङ जिल्लाभरी कार्यरत पत्रकारहरुको तथ्याङ्क र ऐन कार्यन्वयनको यथार्थ अवस्था पहिचानका लागि तथ्याङ्क अद्यावधिक गरी जिल्लामा सबै संचार माध्यमसँग समन्वयको लागि महासंघका सचिव राम थापालाई जिम्मेवारी प्रदान गरिएको छ ।
जिल्लाभर कार्यरत रहेका श्रमजिवी पत्रकारहरुको संख्या, नियुक्ति पत्र, पारिश्रमिक, दरबन्दी विवरणको अवस्थाबारे तथ्याङ्क संकलन गरि यथार्थ अवस्था बुझ्न महासंघले निर्णय गरेको हो । ‘अहिले महासंघमा आबद्ध १ सय ८० पत्रकार रहेको र अन्य सञ्चारकर्मीको संख्या पनि उल्लेख्य भएको तर आधिकारिक तथ्याङ्क नभएकोले आधिकारीक तथ्याङ्क निकालिने महासंघले जनाएको छ । त्यसको माहासंघले एक प्रति प्रतिलिपि राखेर ऐन कार्यन्वयनका लागि अघि बढाइने छ ।
यसका लागि श्रमजिवी पत्रकारहरु समेत पेशागत जिम्मेवारी र पारीश्रमिक बारे अन्यौलता सृजना भएको अवस्थामा विशेष सहयोग समन्वय गर्ने गरि ‘श्रमजिवी पत्रकार डेस्क’ समेत सञ्चालन गर्ने माहासंघको योजना छ । डेस्क मार्फत पत्रकारहरुलाई कुशलतापूर्वक पेशामा लाग्न र सञ्चार माध्यामका सञ्चालकलाई नियमित रुपमा पारिश्रमिक दिन समन्वय र सहयोग गरिनेछ ।
अहिले नेपाल सरकारले न्युनतम पारिश्रमिक ऐनको प्रभावकारी कार्यन्वयनका लागि पत्रकारलाई पारीश्रमिक उपलब्ध गराएको बैकं स्टेटमेन्ट समेत अनिवार्य बुझाउन निर्देशन जारी गरि सकेको छ । ऐन कार्यन्वयनका लागि संचारकर्मीले अनिवार्य रुपमा दैनिक ८ घण्टा काम गर्नुपर्ने र त्यसबापत कम्तीमा मोफसलमा १९ हजार २ सय उपलब्ध गराउनुपर्ने नितिगत ब्यवस्था रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE