Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कोरोनाको प्रकोप पुनः बढ्दै

१८ असार, काठमाडौँ – नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ ।

कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई अधिकार प्रदान गरेर रोकथाम तथा नियन्त्रणको प्रयास जारी राखेको सरकारले माथिल्लो निकायबाट आवश्यक योजना तथा रणनीति तय गरेर त्यसको कार्यान्वयन गर्ने काम न्यून मात्रामा गरेको छ ।

केन्द्र सरकारअन्तर्गत यसअघि उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मार्फत आवश्यक योजना तथा रणनीति तय गरेर कोरोना नियन्त्रणको काम हुँदै आएकोमा अहिले सीसीएमसी नै नेतृत्वविहीन अवस्थामा पुगेको छ । सीसीएमसी नेतृत्वविहीन बनेपछि पछिल्लो समय बैठक बस्न सकेको छैन भने नेतृत्व चयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि चासो देखाएका छैनन् ।

सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेपछि सीसीएमसीको भूमिका कमजोर बन्दै गएको अवस्थामा पुनः उपप्रधान तथा सीसीएमसी संयोजक पोखरेललाई हटाइएपछि सीसीएमसी नेतृत्वविहीन अवस्थामा पुगेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE