Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

अब राप्रपा कहिल्यै फुट्दैन : कमल थापा

२८ भदौ, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गर्नुभएकोछ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष उहाँले कम्युनिष्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रपा अब कहिल्यै नफुट्ने बताउनुभएकोहो ।

अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गर्नुभयो । उहाँले आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्दै नयाँ विधानअनुसार महाधिवेशन गर्न लागेको बताउनुभयो।

अध्यक्ष थापाले भन्नुभयो, ‘हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ, कम्युनिष्ट र काँग्रेसभन्दा फरक पहिचान बनाउन लागि परेका छौँ, साथै हाम्रो पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०७८, कार्तिक २७ गतेदिख काठमाडौंमा हुँदैछ, पार्टीको र महाधिवेशन नयाँ विधानअनुसार गरिनेछ ।’

उहाँले ७५३ वटै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरू महाधिवेशनका प्रतिनिधिहरू हुने जानकारी दिनुभयो । अध्यक्ष थापाले भन्नुभयो ‘प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट कम्तिमा ९ जनाको दरले सक्रिय सदस्यहरु मध्येबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउनेछन्, पहिलेको जस्तो जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमितिले खल्तीबाट झिकेर महाधिवेशनको प्रतिनिधि पठाउन सक्ने व्यवस्था अब छैन ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले कम्युनिष्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको बताउनुभयो । उहाँले नेपालका ठूला पार्टी भनेको नमूना भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको बताउनुभयो  ।

अध्यक्ष जबराले  ‘४ वर्षअघि मुलुकका दुई ठूला कम्युनिष्टहरू मिलेर चुनाव लडे, झन्डै साढे तीन वर्षसम्म झन्डै बहुमत ल्याएर मुलुक चलाए, तर त्यो समयमा जनताले के पाए भन्दा हात्ती आयो हात्ती आयो फुस्सा ।’ अध्यक्ष जबराले यो मुलुकलाई भ्रष्टले चलाउन नसक्ने बताउनुभयो । उहाँले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी समेत गर्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE