भारत–चीनबीच पुनः सीमामा तनाव
१५ आश्विन, काठमाडौँ –भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल ९एलएसी० मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाउनुभएको हो ।
उहाँले भारतले चीनको पछिल्लो गतिविधिमाथि नजर राखिरहेको स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनका दौरान बागचीले भन्नुभयो, ‘चीनले उक्साउने हर्कत गर्दै एलएसीमा बदलावको प्रयास गरिरहेको छ ।
तर, भारतलाई आफ्नो सीमाको रक्षा गर्न आउँछ । हामी हाम्रो हकहितको सुरक्षाका लागि तयार छौँ । बुधबार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनियाङले भारतीय सेनामाथि गैरकानुनी ढङ्गले चीनको जमिनमा कब्जा जमाइरहेको आरोप लगाउनुभएको थियो।
भारतीय विदेश मन्त्रालयले भने चीनको दाबी र आरोपलाई खण्डन गर्दै उल्टै चीनले सीमामा सैन्य तैनाथी बढाइरहेको आरोप लगाएको छ । ‘हामीले एलएसीमा जुन तैनाथी गरेका छौँ, त्यो चीनको तयारीको जवाफ हो ।
यदि चीनको तर्फबाट केही हरकत हुन्छ भने भारतले पनि त्यसको जवाफ दिने अधिकार छ । हामी लद्दाखमा समाधान नभएका मुद्दा वार्ताको माध्यमबाट चीनले टुङ्गाओस् भन्ने चाहन्छौँ,’ बागचीले भन्नुभयो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE