कालीगण्डकी डाइभर्ससन परियोजना रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता
कालीगण्डकी डाइभर्ससन परियोजना रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता
१६ असार, काठमाडौं– कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
सर्वोच्चमा अधिवक्ताहरु तुलसीराम पोखरेल, राजबहादुर शाही र सन्तोष भण्डारीले रिट दर्ता गरेका हुन् । उक्त रिटमा कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाबाट हुने सम्पूर्ण काम कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको छ ।
रिट निवेदनमा उक्त परियोजना नेपालको संविधानको धारा २६(१), (३) र धारा ३० को विपरित भएको भन्दै यो आयोजना अघि बढाउने सरकारको निर्णयलाई उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।
सरकारले कालीगण्डकीको पानी डाइभर्सन गरी तिनाउमा खसालेर जलविद्युत निकाल्ने, रुपन्देही र कपिलवस्तुमा सिञ्चाइ गर्ने योजना अघि बढाउन लागेको छ ।
गण्डकी प्रदेश सरकार र कालीगण्डकी तटीय क्षेत्रका बासिन्दाले सो आयोजनाको विरोध गर्दै आएका छन् । यसै विषयमा न्यायिक प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर भएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE