Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

केपी ओलीलाई प्रेम गर्नु भनेको देशलाई प्रेम गर्नु हो : कोमल वली

२० फागुन
काठमाडौं –
राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेम गर्नु भनेको देशलाई प्रेम गर्नु भएको बताएकी छन् ।

बिहीबार सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास कार्यक्रममा ‘फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई, देशका लागि आज अनि चाहियो भोलिलाई’ शिर्षकको गीत गाउँदै सांसद वलीले यस्तो बताएकी हुन् ।

गीतपछि मासलाई ‘डू यू लभ केपी ओली ?’ भनेर सोधेकी सांसद वलीले भनेकी छन्, ‘केपी ओलीलाई प्रेम गर्नु भनेको देशलाई प्रेम गर्नु हो, केपी ओलीलाई प्रेम गर्नु भनेको विकासलाई प्रेम गर्नु हो ।’ वली मनोनयन प्रक्रियामार्फत् राष्ट्रिय सभा सदस्य बनेकी हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE