Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

ओलीको ‘तानाशाही’ कदमविरुद्ध रणनीति बनाउन माधव पक्षले बोलायो राष्ट्रिय भेला

२९ फागुन
काठमाडौँ –
नेकपा एमालेको माधव नेपाल पक्षले शनिबार केन्द्रीय समिति र सांसदहरुको भेला बोलाएको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पार्टी पदाधिकारीहरु हटाउने एवं जिम्मेवारी हेरफेर गर्ने कार्य गरेपछि रुष्ट बनेको माधव नेपाल समूहले आकस्मिक भोला बोलाएको हो ।

यस समूहले प्रधानमन्त्री ओलीको कदमलाई अमान्य हुने बताइसकेको छ । आजको भेलामा ओलीको मनोमानी एवं ‘तानाशाही’ कदमविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने र रणनीति तय गरिने स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीले यसअघि नेकपा विभाजित हुँदा आफ्नो पक्षमा रहेका नेताहरुसँग मात्र छलफल गरेर शुक्रबार तत्कालीन एमालेको नवौं महाधिवेशनबाट चुनिएका पदाधिकारीहरुलाई पदच्युत गरेका थिए । पार्टी अध्यक्ष र महासचिव पदबाहेक अरु सबै पद खारेज खारेज गरेका ओलीले प्रदेश इन्चार्जहरुमा पनि माधव समूहका नेताहरुको जिम्मेवारी खोजेर आफूनिकटका व्यक्तिलाई दिएका छन् ।

साथै पूर्व एमोलेका अधिकांश नेताहरुलाई बाइपास गरेर ओलीले पूर्व एकीकृत माओवादीबाट ओली समूहमा रहेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई केन्द्रीय सदस्य बनाएका छन् ।

पार्टी र सरकार सबैतिर ओली एकलौटी एवं निरकुंश सामन्ती सोचले ग्रसित भएर अघि बढिरहेको भन्दै नेपाल समूहले आपत्ति समेत जनाएको छ । उता नेकपा एमाले नेता वामदेव गौतम अहिले कुनै पक्षमा नरहे पनि ओलीको कदमले हद नाघेको भन्दै अब ओलीसँग कुनै एकता वा सहकार्य हुन नसक्ने बताइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE