काठमाडौं महानगर समितिको सभापतिमा शाक्यको उम्मेद्वारी
१३ आश्विन, काठमाडौ – नेपाली कांग्रेसको आसन्न १४औं महाअधिवेशन अन्तर्गत महानगरपालिका अधिवेशनमा काठमाडौं महानगर समितिमा सभापतिका लागि निलकाजी शाक्यले उम्मेद्वारी घोषणा गर्नुभएको छ। लोकतन्त्र र विधिको शासनका पक्षमा साढे ४ दशक देखि यात्रा अविचलित रही कायम गरेका शाक्यले आज एक विज्ञप्ती जारी गर्दै उम्मेद्वारी घोषणा गर्नुभएको हो।

शाक्य २०३३ सालमा विपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलाप नीतिमार्फत कांग्रेस आवद्ध हुनुभएको थियो । नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै अहिले काठमाडौं महानगर वडा २५ को अध्यक्ष भएर जनताको सेवा दिइरहनुभएको छ । असोज १६ गते हुन लागेको महानगर अधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरुले आफ्नो एजेण्डा, त्याग, तपस्या र समर्पणको कदर गर्नेमा उहाँले विश्वास लिनुभएको छ ।
२०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह देखि २०४६ सालको जनआन्दोलन हरेक राजनीतिक क्रान्तिको उभिएका उनी २०४३ सालमा राष्ट्रिय विद्यार्थी युनियन, पब्लिक युथ क्याम्पसमा सभापति भएर काम गरीसक्नुभएको छ। नेता शाक्य आरसिटी क्लवको फुटवल खेलाडी हुँदै बक्सिङ, व्याडमिन्टन र टेबल टेनिसको खेलाडी पनि हुनुहुन्छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE