कोरोना संक्रमणबाट पूर्वसभामुख महराको श्रीमती सीता महराको निधन
१९ कात्तिक
काठमाडौँ – पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाको कारण उहाको निधन भएको हो ।
केही दिन पहिले एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत महराकी धर्मपत्नि सितालाई काठमाडौं ल्याइएको थियो ।
एभरेष्ट एरलान्सको हेलिकोप्टर मार्फत घोराहीवाट महरा पत्नि ५९ बर्षीया महरालाई शुक्रवार विहान ९ बजेतिर उपचारका लागि काठमाडौं ल्याइएको थियो । सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उपचारका लागि हेलिकोप्टर मार्फट काठमाडौं ल्याइएको थियो । महरा गत निर्वाचनमा दाङको क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनी दाङमा आउँदा छोराको घरमा बस्दै आएका छन् ।
गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६स्२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE