Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

पाथीभरा दर्शन गर्न अब कन्यामबाट हेलिकप्टर,भाडा कति लाग्छ ?

१४ आश्विन, काठामाडौँ – स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ ।

विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो । सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका कोअडिनेटर राम अधिकारीका अनुसार, दशैँमा पर्यटकलाई पाथीभरा लैजान टिकट बुकिङ खुला गरिसकेको छ।

अधिकारीले कन्याम र कोल्बुङ क्षेत्रबाट दिनमा दुई पटक उडान भरिने जानकारी दिनुभयो । मौसमको अनुकुलता हेरेर कन्यामबाट र त्यहाँबाट नसके कुटीडाँडाबाट दिनमा दुई पटक उडान भरिने भएको छ ।

कन्याममा प्राय कुहिरो लागिरहने गर्दछ । अधिकारीका अनुसार एक पटकमा पाँचजना पर्यटक बोक्ने क्षमता भएको माउन्टेन हेलिकप्टरले कन्याम–पाथीभराको प्रतिव्यक्ति भाडादर ३५ हजार तोकेको छ ।

कन्यामबाट ३५ मिनेटमा पाथीभरा पु¥याएर एक घण्टासम्म पाथीभरा दर्शन गराएर उक्त हेलिकप्टरले पर्यटकलाई कन्याम ओराल्ने  जनाएको छ । स्टेसन मेनेजर अधिकारीले भन्नुभयो, ‘पाथीभरा दर्शनमा जाने बिरामी, अशक्त र पर्यटकलाई मध्यनजर गरी सेवा सुरु गरेका हौँ, उहाँले भद्रपुरभन्दा कन्यामबाट भाडादर सस्तो भएको जानकारी दिनुुभयो ।

राजमार्ग भएर पाथीभरा पुग्न सवारी निक्कै कठिन पर्ने गरेको छ । ताप्लेजुङको सुकेटार विमान स्थलबाट एक दिनको पैदलयात्रा गरेपछि मात्र पाथीभरा पुग्न सकिन्छ।

विजया दशमीको अवसर पारेर कन्यामबाट पाथीभरा, पाँचथरको तिम्बुङपोखरी र ताप्लेजुङको सुकेटार विमान स्थलबाट पनि सोझैं पाथीभरा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

कन्यामबाट पाथीभरा गएको समय बाहेक सो हेलिकप्टरले स्वदेशी पर्यटकको रोजाईमा परेको कन्याम, अन्तु फन फ्लाईटको व्यवस्था मिलाएको छ। कन्यामबाट तीन हजार पाँच सयमा अन्तुसम्मको फन फ्लाईट गराइने स्टेसनम्यानेजर अधिकारीले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE