Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

उपत्यकाको निषेधाज्ञा एक हप्ता थपियो, खाद्यान्न र किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने

उपत्यकाको निषेधाज्ञा एक हप्ता थपियो, खाद्यान्न र किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने

३० जेठ, काठमाडौं– काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

थपिएको निषेधाज्ञा भने केही क्षेत्रलाई सहज बनाइएको छ । थपिएको अवधिमा खाद्यान्न पसलहरु ११ बजेसम्म खोल्न पाइने, अनलाइन डेलिभरी गर्न दिइने, पुस्तक पसललाई बिहान ११ बजेसम्म अनुमति दिइएको छ ।

यस्तै हार्डवेयर पसललाई अपरान्ह ४ बजेपछि खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने, भिसा लिनका लागि सहजिकरण गर्ने निर्णय भएको छ ।

यद्यपि यातायातमा लगाइएको रोक भने यथावत रहेको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE