पछिल्लो २४ घण्टामा १ हजार ८३० जना कोरोनामुक्त
५ आश्विन, काठमाडौँ – मुलुकभर पछिल्लो २४ घण्टामा १८३० जना कोरोनामुक्त भएकाछन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५४ हजार ४००० पुगेको छ ।
२४ घण्टामा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६२२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ६२६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७५ हजार ९५९ पुगेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५४ हजार ४००० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार ६२२ जनाको परीक्षण हुँदा हालसम्म कुल ४६ लाख ५८ हजार २४२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE