Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

भारतीय नोट सहित २ जना पक्राउ

९ साउन, काठमाडौँ – मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउ का ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई भारतीय र अमेरिकन डलरसहित नियन्त्रणमा लिएको हो ।

एक प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी  उपरीक्षक नविनराज राईका अनुसार शुक्रबार साँझ  भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान,१० को १ थान , र १ को ४ थान  सहित उनीहरूलाई  नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE