Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

२५ कात्तिक
काठमाडौं-
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

यसअघि ओली प्रचण्डबीच गत आइतवार भेटघाट भएको थियो । प्रचण्डले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन दबाब दिइरहेका छन् । भने ओली बिना एजेण्डा सचिवालय बैठक नबोलाउने अडानमा रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE