Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सासंद चौधरीको प्रश्न : भूमि व्यवस्था मन्त्रीले कमैया पुनः स्थापना सकियो भनेर मन्त्रीले घोषणा गर्ने सक्नुहुन्छ ?

सवाल सम्वाददाता
काठमाडाैँ- सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले कमैया पुनः स्थापना सकियो भनेर सार्वजनिक रुपमा घोषणा गर्न मन्त्रीलाई चुनौती दिनुभएको छ । भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले कमैया पनः स्थापना यही वर्ष सक्ने भन्ने उद्घोषलाई केन्द्रित गर्दै सांसद चौधरीले भन्नुभयो, साउन २ गते कमैया मुक्ति दिवस छ, त्यो दिन कमैया पुनः स्थापना सकियो भनेर सार्वजनिक रुपमा भन्न सक्नु हुन्छ ? भनेर प्रश्न गर्नुभएको हो ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद चौधरीले कमैयाहरु अझै पनि समस्यामा नै रहेको स्मरण गराउँदै पुनः स्थापना सकियो भनेर सार्वजनिक रुपमा घोषणा गरेर देखाउन चुनौती दिनुभएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE