Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

नेपाल – खनाल समूहलाई कडा कारबाही हुन्छ : अध्यक्ष ओली

६ वैशाख, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताउनु भएको छ । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताउनु भएको हो ।

कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन् । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ ।’

नेपाल समूहले (माओवादी केन्द्रका अध्यक्ष) प्रचण्डको पाउमा एमाले पार्टी चढाउन खोजेको र कांग्रेस लगायत गैरकम्युनिष्टहरुको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्छौं भन्दै हिँडेको उहाँको आरोप छ ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा दुई मुखे प्रवृत्ति रहेको आरोप लगाउनुभयो । प्रचण्डमा एकातिर देशभक्तिको कुरा गर्ने र अर्कातिर राष्ट्रघाती काम गर्ने प्रवृत्ति रहेको उहाँको आरोप रहेको छ । ‘एकातिर न्याय र सुशासनको कुरा गर्ने, तर अर्कातिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने रु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE