Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

विश्वासको मत लिने भएपछि ओलीको दौडधुप : देउवा निवासबाट फर्कियो ओलीको टोली

२२ वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ । बुधवार दिउँसो सभापति देउवालाई भेट्न प्रधानमन्त्री ओली देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री ओली देउवालाई भेट्न नेकपा एमालेका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादलसहित पुगेको बुढानिलकण्ठ पुगेको थियो ।

आजको भेटघाटमा ओली र सभापति देउवाबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुरानकानी भएको बुढानिलकण्ठ स्रोतले बताएको छ ।  २७ गते आफूले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै प्रधानमन्त्री ओली देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE