सर्लाहीमा नेकपा र नेपाली काग्रेस विच गोली हानाहान, एकको मृत्यु
रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि सामेबार एक समूहको आक्रमण
काठमाडौँ-सर्लाहीमा नेकपा र नेपाली काग्रेस विच गोली हानाहान भएको छ । दोहोरो झडपमा गोलि लागेर एक जनाको ज्यान गएको समाचार छ । सर्लाहीका प्रहरीका अनुसार एक जनाको ज्यान गएको पुष्टि गरेको हो ।
मृत्यु हुने सर्लाही रामनगर–४ का ६२ वर्षीय रामविालास महतो रहेको स्रोतले जनाएको छ । नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप हुँदा गोली लागेर उनको ज्यान गएको बताइएको छ ।
रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि सामेबार एक समूहले आक्रमण गरेको थियो । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५/२० जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष महतोले बताउनु भएको थियो ।
आक्रमणबाट वडाध्यक्ष महतोको टाउकोमा गहिरो चोट लागेको छ भने बायाँ खुट्टा भाँच्चिएको छ । उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।
नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित अध्यक्षमाथि कम्युनिस्ट कार्यकर्ताले आक्रमण गरेको बताइएको थियो । सोही विषयमा आज नेकपा र कांग्रेसका कार्यकताबीच झडप हुँदा गोली चलेको प्रहरीको भनाइ छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE