Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

अध्यागमन विभागको कालोसूचीमा परे सन्दीप लामिछाने

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । एक नाबालिकाले उनीविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिएपछि अध्यागमनले कालोसूचीमा राखेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध एक १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको छ । उनी हाल क्रिकेट खेलकै दौरान देशबाहिर रहेकाले अध्यागमनले नेपाल आउनासाथ पक्राउ गर्नेगरी कालो सूचीमा राखेको जनाइएको छ ।

सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गरे पनि नेपाल क्रिकेट संघले समेत उनलाई निलम्बन गरिसकेको छ । साथै उनलाई थप अनुसन्धानका लागि पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमतिसमेत दिइसकेको छ । सोही अनुसार प्रहरीले उनी देश भित्रिनेबित्तिकै पक्राउ गर्ने तयारी गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE