Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

शिक्षक देखी मन्त्री सम्म थममाया

  • नरेश चौलागाईं

माले देखी एमाले सम्मको सफल यात्रा गर्दा गर्दै अगाडी बढेकी थम माया थापा हाल महिला बालबालिका अपांग तथा ज्येष्ठ नागरिक मन्त्रालय हाकी रहेकी निडर महिला हुन् थम माया थापा मगर। विद्यायलमा शिक्षक देखी पन्चायत सम्मको राजनिति जीवनलाई नजिकबाट नियालेकी उनी म्याग्दीको दुर्गम गाउँ चिमखोलामा जन्मिएर २०४० सालबाट कम्युनिस्ट राजनिति सुरु गरेकी नेकपा एमालेकी पोलिटब्युरो सदस्य थममाया थापामगर २०७४ फाल्गुन ३ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भइन् । अखिल नेपाल महिला संघकी महासचिव समेत रहेकी उनी पञ्चायतकालको भुमिगत राजनिति गरेर मन्त्री सम्म बन्न सफल भएकी हुन् । विद्यार्थी राजनिति, शिक्षक संगठन, महिला संगठन हुँदै पार्टी राजनितिमा आएकी उनी २०४८ सालको आमनिर्वाचन म्याग्दीबाट निर्वाचित भईन् ।

२०५६ सालको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएकी थममाया २०६४ सालको सालको संविधानसभाको निर्वाचनमा समानुपातिक सभासद् भएर काम गरिन् । २०७५ सालको प्रतिनिधिसभाको निर्वाचनबाछ समानुपातिकबाट सांसद भएकी उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी छन् । सम्भावना कम र चुनौती बढी हुदा हुदै पनि समाज परिवर्तन र महिलाको हक हितका लागि भन्दै सरकारी जागिर नै छोडेर राजनितिमा लागेकी थिइन् मन्त्री मगर । महिला भएकै कारण पनि राजनितिमा आउनको लागि कठिनाई कम थिएन  ।

 

छोरीलाई पढाउन हुदैन भन्ने मान्यता भएको समयमाबुवाको देनको कारण उचित शिक्षा लिएर शिक्षिका हुन सफल समेत भएकी थिईन् । सेवामुलक काम, समाजको हेर्ने दृष्टिकोण र राजनितिमा पुरुषत्व हाबाी भएकै कारण पनि महिलाहरु राजनितिमा आफु भन्दा पनि श्रीमानलाई पठाउने गरेको उनको धाराण छ । पुरुषलाई राजनितिमा पठाए र आफुहरु भने ब्याक सर्पोटको रुपमा नै बसे त्यसैले पनि महिलाहरुको राजनितिक र सामाजिक विकास हुन नसकेको हुनसक्छ।

राजनितिमा नयाँ परिवर्तन खोजेकै कारण आफुले अध्यापन गराई रहेको विद्यालयबाट निकालिनु समेत परेको मगर २०४० सालमा नेकपा माले मा प्रवेश गरेर औपचारिक रुपमा राजनिति गर्न सुरु गरेकी थिईन् । समाज परिवर्तको लागि सानो सानो कुराले पनि असर पर्छ भन्ने मान्यता राख्ने उनलाई भुमिगत राजनिति गर्न असहज भएको थियो । राजनितिकोलागि घरमा सामान्य वातावरण भएको भएर नै उनी मन्त्री सम्म हुन सफल भएकाी हुन् । राष्ट्रिय पञ्चायत निर्वाचनमा सरकारी कर्मचारीलाई हराउन माहोल बनाउदा झण्डै ज्यान गएको कुरा सम्झेर उनी अहिले पनि आत्तिन्छन् । अबको दिनमा त्यस्तो अप्ठारो नपरोस भनेर राजनितिक वातावरण बनाउनका लागि आफुहरुले माहोल बनाउने उनको लक्ष्य नै रहेको छ ।

कानुनी महिलाहरुको लागि राम्रो कानुन भए पनि कार्यन्वन गर्न नसके पनि अबको दिनमा कार्यन्वनको लागि आफ्नो विषेश पहल रहने उनको भनाई छ । देशमा अहिले व्याप्त भएको बलात्कार, तथा दाइजो प्रथा रोक्नको लागि स्थानिय तहमा सरसल्लाह गरेर नयाँ नितिहरु ल्याएर काम गर्ने र स्थानिय तहका जनप्रतिनिधीहरुलाई जनता तथा महिला तथा बालबालिकाहरुको सुरक्षा र योजना निर्माणमा कस्तो कामहरु ग्र्न सकिन्छ भनेर उनीहरुसंग समन्वय गरेर विभिन्न सचेतनामुलक कार्यक्रम गरेर यस्लाई न्युनिकरण गर्ने योजना रहेको छ ।

महिला विकासको लागि अन्य कुराहरुमा साथ साथै आर्थिक रुपमा अगाडी बढाउनको लागि महिलाहरुले व्यवसाय चलाउन चाहेमा अर्थमन्त्रालयसंग समन्वयमा रहेर महिलाहरुलाई केही हद सम्म व्याज कम गरेर महिलाहरुलाई उद्योगमा अगाडी ल्याउने र स्थानिय स्तरबाट पनि निति गत रुपमा पनि महिलालाई आर्थिक रुपमा अगाडी बढाउनको लागि के गर्न सकिन्छ भनेर सरसल्लाह गरेर महिलालाई आर्थिक रुपमा अगाडी बढ्न सहयोग गर्ने उसको अठोट गरेकी छन् । लामो समय पश्चात देशले स्थायी मुख्य गरेर यो वर्ष भन्दा अगाडीकोे पाँच वर्ष्भित्र कानुनी हिसाबले महिलाहरूले अधिकार पाएनन । कानुनी हिसाबले महिलाहरू विभेदमा परे भन्ने ठाउँ नराखेर काम गर्ने यो यो कानुनी अड्चनले गर्दाखेरि महिलाहरू पछाडी परे। महिलाहरूले अधिकार पाएनन् । महिलाहरू अधिकारबाट वञ्चित भए भन्नेखालको स्थिति अन्त्य गर्नका लागि पाँच वर्ष्भित्र संविधानको मर्मअनुसार कार्यान्वयन गर्नका लागि नीति, ऐनहरू बनाउन मेरो विषेश कसरत हुने छ । त्यो कुरामा मेरो एकदमै पहल हुन्छ ।

 

संविधानमा उल्लेख भएअनुसार यी यी कुराहरूमा अपुग भयो भन्ने कुरा नराख्ने हिसाबले त्यो खालको कानुन निर्माण गर्ने कुरामा र अर्को कुरा कानुनलाई प्रभावकारी ढंगले जनस्तरमा लागू गर्नका लागि अभियान सञ्चालन गर्ने उनको सोच छ । कानुनको डण्डा देखाएर मात्रै सबै समस्या समाधान हुँदैन । जनस्तरबाट सचेत गराउन सक्दैनौँ तबसम्म समस्या समाधान हुँदैन । महिलाहरूमा पनि मेरो अधिकार के छ भन्ने कुरा अझै पनि थाहा छैन । ती अधिकारहरूबारे सचेत गराउने र ती अधिकार प्रयोग गर्नका लागि जनस्तरबाट स्थानीय सरकार, नागरिक समाज, जनतालाई सचेत बनाउन अभियान सञ्चालन गर्ने र जनस्तरबाट सचेतनाको अभियान र कानुनलाई ठोस ढंगले कार्यरूप दिने कानुन बनायौँ भने निश्चितरूपमा महिलाहरूको जीवनमा ठूलो परिवर्तन हुने र परिवर्तन गराएर देखाउने उनको दृढ संकल्प रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE