Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

निर्मलाको हत्यारा कानूनी कठघरा नजिकै छ : गृहमन्त्री थापा

८ फागुन
काठमाडौँ –
गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी कानूनको कठघरा नजिक आएको बताएका छन् ।

शनिवार नेकपा प्रदेश १ कमिटीले शनिवार मोरङको विराटनगरमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै मन्त्री थापाले सरकारले देशमा कुनै पनि अपराधीलाई कुनै पनि किसिमको छुट नदिने बताएका छन् ।

उनले भने, निर्मलाको बलात्कारी पनि कानूनको कठघरा नजिक आएको छ । म सबै अपराधीहरूलाई सचेत गर्न चाहन्छु । यो सरकारले देशमा कुनै पनि अपराधीलाई कुनै पनि किसिमको छुट दिनेछैन ।

मन्त्री थापाले सरकारले महिला हिंसा विरुद्ध अभियान चलाएको समेत बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE