Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

एमालेका सम्पूर्ण बैठक तथा भेटघाट अब पार्टी कार्यालयबाटै हुने

२७ साउन, काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेका छन्।

अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरू गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

बुधबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए।

प्रधानमन्त्री रहँदा उनले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका सम्पूर्ण बैठक गर्दै आएका थिए।

अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिए।

अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र उनी सक्रिय रूपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको उनको भनाइ छ।

 

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE