Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

मेरा बाउ निश्चल छन्ः पारसपुत्री पूर्णिका (भिडियोसहित)

मेरा बाउ निश्चल छन्ः पारसपुत्री पूर्णिका (भिडियोसहित)

२६ जेठ, काठमाडौं– पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहको टिकटकको एउटा भिडिओ सार्वजनिक भएको छ । भिडियोमा उनले रक्सी सेवन गरेर बोलेकोे जस्तो देखिन्छ । उक्त भिडिओमा उनले आफ्नो पिता पारस शाहको बारेमा बोलेकी छिन् ।

भिडियोमा शाहले आफ्ना पिता पारस शाहले देशको लागि ठूलो योगदान गरेको बताएकी छिन् । ‘यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि ।’ उनले भिडियोमा भन्छिन् । भिडियोमा उनले अधिकांश अंग्रेजी वाक्य बोल्दा आफ्नो पिता निश्चल भएको बताएकी छिन् ।

आफ्नो पिताले राम्रो कुरा मात्र नदेखाउने र सबै कुरा खुलस्त देखाउने बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’

अहिले सो भिडियो टिकटकबाट भने हटाइएको छ । यद्यपि भिडिओको क्लिक सामाजिक सञ्जालमा चर्चामा छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE