चुनावअघि नै सबै नेपालीलाई खोप पुर्याउछौं : प्रधानमन्त्री ओली
९ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने प्रयासमा आफ्नो सरकार रहेको बताउनु भएको छ।
६५ वर्षमाथिका नागरिकले कोभिसिल्डको खोपको दोस्रो डोज कहिले लगाउन पाउँछन् भन्ने टुंगो नभएका बेला प्रधानमन्त्री ओलीले आफूले घोषणा गरेको कात्तिक-मंसिरको मध्यावधि चुनावअघि नै सबै नेपालीलाई खोप दिने प्रयास भइरहेको बताउनु भयो। त्यसका लागिमा मित्र राष्ट्र र दातृ निकायसँग कुरा भइरहेको उहाँको भनाइ रहेको छ।
यसअघि गत वर्ष पनि प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप पाइसक्ने दाबी गर्नुभएको थियो। पछि उहाँले आफ्नो भनाइ सच्याउँदै सबै फ्रन्ट लाइनमा रहेकालाई खोप दिने बताउनु भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE