Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

काभ्रेमा सय नाघ्यो संक्रमित संख्या

२८ पुष, काभ्रे – पछिल्लो समय देशका अन्य जिल्लाझै काभ्रेमा पनि कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या बढ्न थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकअनुसार मंगलबारसम्म १०५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा। पुरुषोत्तमराज सेढाईंले ५० जना महिला र ५५ जना पुरुष गरी एक सय ५ जना सक्रिय संक्रमित रहेको जानकारी दिए। उनका अनुसार मंगलबार मात्रै जिल्लामा १९ जनामा कोरोना संक्रमाण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय काभ्रेले पछिल्लो २४ घण्टामा १४ वटा पिसिआर र १९ जना एन्टिजेन गरी कुल ३३ वटा परीक्षण गरिएकोमा १४ वटा पिसिआर र ५ वटा एन्टिजेन गरी १९ वटा रिपोर्ट पोजेटिभ आएको जनाएको छ।

योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ९ सय ५३ पुगेको छ। जसमध्ये १४ हजार ६ सय ५५ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन्।

त्यस्तै, हालसम्म काभ्रेमा एक सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE