ईसीडी शिक्षकलाई प्राविसरह तलब दिने सरकारको तयारी
२६ फागुन
काठमाडौंँ – सरकारले प्रारम्भिक बालविकास तथा सहयोगी (ईसीडी) शिक्षकलाई प्रावि सरहकै सेवा सुविधा दिने तयारी गरेको छ।
लामो समयदेखि थोरै पारिश्रमिकमा काम गरेका शिक्षकलाई प्रा वि सरहको तलब र सेवासुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयमा छलफल भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विद्यालय शिक्षा शाखाले जनाएको छ ।
शिक्षा शाखाको अनुसार, ‘अहिले पनि विद्यालयमा ईसीडीका शिक्षकको तलब र सेवासुविधा निकै कम छ। यसलाई बढाउन उहाँहरुले पनि माग गर्दै आउनु भएको छ । माग भएअनुसार नै गर्ने कि भन्ने विषयमा छलफल भएको हो।’ ईसीडीका शिक्षकलाई प्रावि सरह तलब दिन कम्तिमा कक्षा १२ उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था गर्न लागिएको पनि मन्त्रालयले जनाएको छ ।
शिक्षक दरबन्दी नहुने र स्थानीय स्रोतबाट परिचालन गर्दै आएका शिक्षकलाई पनि तलब, सेवा सुविधा निर्धारण गर्ने विषयमा पनि छलफल भएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE