Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ फैलिएको पुष्टि, सबै उमेर समूहमा संक्रामक

नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ फैलिएको पुष्टि, सबै उमेर समूहमा संक्रामक

४ जेठ, काठमाडौं– नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशका विभिन्न भागका ३५ वटा कोभिड–१९ संक्रमितहरुको जिन सिक्वेन्सिङ गर्दा नयाँ (भारतमा देखिएको) भेरियन्टको कोभिड–१९ पुष्टि भएको हो ।

भारतमा गरिएको जिन सिक्वेन्सिङमा प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र बी.१.६१७.१ प्रमाणित भएको हो । यी दुवै भेरियन्ट पहिलोपटक भारतमा देखिएको थियो । नयाँ भेरियन्टको भाइरसलाई विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा नै ‘भेरियन्ट अफ कन्सर्न’ भनेर घोषणा गरिसकेको छ ।

मन्त्रालयले विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा जिन सिक्वेन्सिङ गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE