Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

संसद विघटनविरुद्धको रिटमा बिहिबार र शुक्रबारका लागि पेशी

संसद विघटनविरुद्धको रिटमा बिहिबार र शुक्रबारका लागि पेशी

११ जेठ, काठमाडौं– संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट माथि जेठ १३ गतेदेखि सुनुवाइ सुरु हुने भएको छ ।

सर्वोच्चमा परेका संसद विघटन विरुद्धमा परेका ३० रिट मध्ये १९ रिटको सुनुवाइ १३ गतेदेखि सुरु हुने भएको हो । त्यस्तै बाँकी ११ वटा रिट भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएको छ । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका रिटमा भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिइ राष्ट्रपतिबाट संसद विघटन गरिएको थियो ।

संसद विघटन असंवैधानिक र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदले पनि सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE