Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

बेपत्ता बालिकाको शव ८ दिनपछि फेलापर्यो

२९ भदौ, पाँचथर – पाँचथरमा हेंवाखोलाले बगाएपछि बेपत्ता रहेकी बालिकाको शव आठ दिनमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मंगलबार फेला परेको हो।

बालिका वेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको शव रहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली पुगेको थियो। शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताउनुभयो।

WRITE COMMENTS FOR THIS ARTICLE