Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

स्वास्थ्य संकटकाल लगाउन सकिन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

१० जेठ, काठमाडौँ – कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउन स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।

कोरोना महामारीको पछिल्लो स्थिति अपडेट गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने,’स्वास्थ्य संकटकाल लगाउने विषयमा हामी सकारात्मक छौँ।’

कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरु, नियन्त्रणका लागि दातृ निकाय तथा देशबाट प्राप्त सहयोग लगायतका विवरण सार्वजनिक गरेका उनले विज्ञहरूले स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएका बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE