Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : सातै जनालाई टुँडिखेलमा श्रद्धाञ्जली

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ ।

बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि सबैको शव पहिचान हुन नसकेपछि शुक्रबार बिहानका लागि श्रद्धाञ्जली कार्यक्रम राखिएको हो । श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ ।

मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन बिहानैदेखि सर्वसाधारण टुँडिखेलमा भेला भएका थिए । श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत पनि उपस्थित छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE