Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

मुलुकमा ५ सय ७० संक्रमित थपिए

११ कात्तिक 
काठमाडौं,  मुलुकमा थप ५ सय ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ७० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

दसैंको विदाका कारण पीसीआर परीक्षण कम हुँदा कम्ति संक्रमित देखिएका हुन् । पछिल्लो २४ घण्टामा २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE