२ सय ८३ स्थानीय तहलाई ५ वर्षभित्र सडक सञ्जालले जोडिन्छ : प्रधानमन्त्री ओली
१ चैत
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका स्थानीय तहको केन्द्रसम्म पुग्ने २ सय १० सडक निर्माणको शुभारम्भ गर्नु भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजना गरेको कार्यक्रममा प्रादेशिक तथा स्थानीय सडक तथा सुधार कार्यक्रमको आइतवार काठमाडौंबाट शुभारम्भ गर्दै ओलीले आज एउटा नयाँ उचाइको काम भएको बताउनु भयो ।
प्रादेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका २ सय ८३ स्थानीय तहलाई ५ वर्षभित्र सडक सञ्जालले जोड्ने कार्यक्रम छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्माण हुने यी सडक निर्माणका लागि संघ सरकारले यसवर्ष ५ अर्ब रुपैया छुट्टाएको छ ।
अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले फेरि नयाँ उचाइको काम शुरु गरेका छौं, हाम्रो लागि एउटा गौरवको अभियान हो । उहाँले यो कार्यक्रममा अन्य स्थानीय तह पनि जोडिने बताउनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE