Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

निषेधाज्ञा उल्लंघन गर्ने २८ सय ७४ सवारी साधन नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने २८ सय ७४ सवारी साधन नियन्त्रणमा

१९ जेठ, काठमाडौं– विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको क्रममा प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ७४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामध्ये ६ सय ९५ वटा गाडी र २ हजार १ सय ७९ वटा मोटरसाइकल रहेको प्रहरीले जनाएको छ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ४० जनालाई निःशुल्क मास्क वितरण गरेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका मापदण्ड उल्लंघन गर्ने ५ सय ११ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९५ हजार १ सय रुपैयाँ जरिवाना गरेको छ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अनुगमनलाई समेत तिब्रता दिएको छ ।

 

Sponsored
Sponsored

WRITE COMMENTS FOR THIS ARTICLE