एमालेद्वारा बैठक अवरुद्ध,सभामुखविरुद्ध नाराबाजी
२३ भदौ,काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिध सभाको बैठक अवरुद्ध गरेको छ।
एमालेले सभामुखले आसनमा बसेर एमाले फुटाएको आरोप लगाएको छ। पार्टीले निष्कासन गरेका सांसदहरुलाई बैठकमा प्रवेश दिएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका हुन्।
सभामुख अग्नि सापकोटाले अदालतमा मुद्दा विचाराधिन रहेको उल्लेख गरेपनि एमाले सांसदहरु नाराबाजीमा उत्रिएका हुन्।
सांसदहरुले सभामुखले फरक फरक व्यवहार गरेको भन्दै नाराबाजी गरिरहेका छन्। माओवादी सांसदहरुलाई निष्कासन गर्न प्रचण्डले पठाएको पत्रलाई मान्यता दिएको र एमालेले निकालेका सांसदहरुलाई कारवाही गर्ने सूचना नटासेँकोमा विरोध गरेका हुन्।
सांसदहरुले सभामुखको आसनमा बसेर सभामुखले एमाले फुटाएको आरोप लगाएका छन्। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेका १४ जना सांसदहरुलाई कारबाही नगरेको भन्दै सभामुखसँग जवाफ माग गरेका छन् ।
‘एमाले टुक्र्याउन किन सारथी बन्नुभयो रु दल विभाजनमा तपाई किन मतियार बन्नु भयो ? ’ उनले भने, ‘७२ वर्षदेखि संघर्ष गरेर आएको पार्टीलाई कसैले नियम विपरित कसैले तल पार्न हेप्ने प्रयास गर्छ भने एमलो चुप लागे बस्दैन ।’
सभामुख सापकोटाले जवाफ दिँदै गर्दा एमाले सांसदहरुले रोस्टम घेराउन गरेका छन्। बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE