Date
शनि, असार ५, २०७८
Sat, June 19, 2021

रामेछापमा एकै दिन ८१ जनामा संक्रमण पुष्टि

२८ वैशाख, रामेछाप– रामेछाप जिल्लामा एकै दिन ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस अघि विभिन्न ठाउँबाट स्वाब संकलन गरी गरीक्षणको लागि परीपठाएका २ सय ७ जना भध्ये मंगलबार अहिले सम्मकै ठूलो संख्यामा ८१ जना नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वाब लिएका मध्ये ५० जना, जिल्ला अस्पतालबाट स्वाब लिएका मध्ये ८ जना र दोरम्बा गाउँपालिकाबाट स्वाब लिएका मध्ये ११ जनाको कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए ।

एकै दिन ८१ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा सक्रिय सक्रमितको संख्या १ सय ७९ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE