सरकारी गाडी लिएरै ‘डेटिङ’मा टाप
सरकारी गाडी लिएरै ‘डेटिङ’मा टाप
१९ जेठ, काठमाडौं– काठमाडौंमा एक जना सरकारी अधिकारी सरकारी नम्बर प्लेटको गाडीमै डेटिङमा गएको भेटिएको छ । कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाकाबीच सरकारी अधिकारीसरकारी गाडीको दुरुपयोग गरी डेटिङमा भेटिएका हुन् ।
काठमाडौंको स्वयम्भूनाथमा रोकिरखेको ‘प्रदेश नं. ३–०१–००२ – ४९२२’ नम्बरको सरकारी गाडीलाई पछ्याउँदा आईतबार एक जोडी डेटिङ गएको भेटिए । उक्त सरकारी गाडी कार्यालय समयमै स्वम्भूनाथ पुगेको थियो । सो गाडी त्यहाँ कुनै सरकारी कामले पुगेको भेटिएन ।
सरकारी गाडी लिएर डेटिङ जाने अन्य कोही नभइ तल्लो सरकारी आयोजनाको निर्देशक भएको पाइए । उनी सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ ।
उक्त दिन रिपोर्टिङमा निस्किएका रिपोर्टरले खोजीनीति गर्दै जाँदा ती सरकारी अधिकारीले एक युवती लिएर आएको र गाडी पार्किङ गरी झाडी पसेको सूचना पाए।
त्यसपछि उक्त जोडीलाई पछ्याए र फोटो भिडियो लिन थाले।
उक्त जोडी त्यो ठाउँबाट नउठेपछि पत्रकारले ‘के हो तपाईहरुको पारा ?’ भन्दै बोलाएपछि त्यहाँबाट त्यो जोडी हतार–हतार उठेर गाडीमा पुग्यो र अनुहार छोप्दै भाग्यो।
यस घटनापछि सहरी विकास मन्त्रालयका सुचना अधिकारी सुरेश कुमार वाग्लेसँग पत्रकारले जिज्ञासा राख्दा आफूलाई जानकारी नभएको बताउनुभयो। सूचना अधिकारी वाग्लेले भने, ‘उक्त आयोजना मन्त्रालयअन्तरर्गत नै रहेको छ। आयोजनाका निर्देशक रोशन श्रेष्ठ हुनुहुन्छ। गाडीबारे भने मलाई जानकारी भएन।’ भन्नुभयो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE