ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार विशेष अदालतमा हाजिर
आजै थुनछेक बहस
३० असार, काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा उपस्थित भएका छन् ।
कांग्रेस नेता गच्छदार आज बुधवार विशेष अदालतमा उपस्थित भएका हुन् ।
गच्छदारमाथि प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पु¥याएको आरोप छ ।
पूर्वमन्त्री गच्छदार बिहान १० बजे नै अदालतमा हाजिर भएको विशष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।
नेता गच्छदारको थुनछेक बहस पनि आजै हुने भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE