गुणस्तरहीन ह्यान्ड सेनिटाइजर उत्पादन तथा बिक्री गर्ने पक्राउ
गुणस्तरहीन ह्यान्ड सेनिटाइजर उत्पादन तथा बिक्री गर्ने पक्राउ
२ असार, काठमाडौं– गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन गरि बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीको मेडिग्राफ ग्रुप अफ कम्पनीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिन सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी भदौरे घर भई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सुजन गौतम र बझाङ केदारस्यूं गाउँपालिका–८ भण्डार घर भइ कोटेश्वर बस्ने २८ वर्षीय चन्द्र प्रसाद जोशी रहेको प्रहरीले जनाएको छ ।
औषधि व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएको ‘नेपाल ह्यान्ड सेनिटाइजर’ नमको उक्त स्यानिटाइजरमा मिथानोल रसायन ६८ प्रतिशत भेटिएकोको उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यसका साथै प्रहरीले उनीहरुबाट औषधि व्यवस्था विभागमा दर्ता समेत नगरी मेडिग्राफ ग्रुप अफ कम्पनी प्रा.ली. नेपाल उल्लेख गरिएको तयारी नेपालय ह्याण्ड स्यानिटाइजर सहित उक्त स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिन समेत बरामद गरेको छ ।
प्रहरीले उनीहरु उपर कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत आवाश्यक कारवाहीको प्रत्रिया अघि बढाएको छ । यस्तै फरार रहेका संचालक सामाखुसी बस्ने सुजन दाहालको पनि खोजी भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE