Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ८८ संक्रमण

३ कात्तिक
काठमाडौं –
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ८८ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र २ हजार ८ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २ सय ८१ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ९९ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ५७ हजार ८ सय ७२ पुगेको छ । काठमाडौंमा ४५ हजार ५ सय ७ जना, ललितपुरमा ६ हजार ६ सय १ , भक्तपुरमा ४ हजार ५ सय १५ जना संक्रमित थपिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE