Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

भाइटीकाको भोलिपल्टदेखि खुलामञ्‍चमा खाना वितरण नगरिने

२१ कात्तिक
काठमाडौँ – तिहारपछि खुलामञ्चसहित राजधानीका खुला ठाउँमा निस्शुल्क खाना वितरण नगरिने भएको छ । लकडाउनपछि खाना खुवाइरहेका अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच भाइटीकाको भोलिपल्टदेखि निश्चित स्थान पहिचान गर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्ने सहमति भएको हो ।

शुक्रबार भएको सहमतिपत्रमा हाम्रो सानो प्रयास, हन्ड्रेड्स गु्रप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसनलगायतका अभियान–संघसंस्थाका प्रतिनिधि र काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवर, बसन्त आचार्यलगायका मअधिकारीले हस्ताक्षर गरेका छन् ।

‘खाना खुवाउन रोक्न लागिएको होइन तर व्यवस्थित गर्न लागिएको हो,’ अभियन्ता बद्री ढुंगानाले भने, ‘महानगरले हाम्रो अभियानलाई साथ दिने भएपछि हामीले पनि सहकार्य गरेका हौं ।’ भाइटीकासम्म अहिलेकै जसरी खाना वितरण गरिने उनले जानकारी दिए । त्यस्तै, महानगरले अघि सारेको पार्टी प्यालेसमा खुवाउने योजनाबारे भने सहमतिपत्रमा केही उल्लेख छैन ।

केही दिनअघि महानगरले खाना वितरणमा अवरोध गरेपछि चौतर्फी विरोध भएको थियो । कोरोना भाइरसको आतंकका कारण रोजगारी गुमाएका, मजदुर, असहाय र अशक्तलाई खुलामञ्च, पशुपतिलगाएतका क्षेत्रमा मनकारीहरुले निस्शुल्क खाना खुवाइरहेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE