Date
बुध, माघ ९, २०८१
Wed, January 22, 2025

सल्भेसन आर्मी मिशनद्वारा दोरम्बा र गोकुलगंगालाई स्वस्थ्य सामाग्री हस्तान्तरण

११ जेठ, काठमाडौँ – सल्भेसन आर्मी मिशन नेपालले रामेछापको दोरम्बा र गोकुलगंगा गाउँपालिकालाई  स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

दोरम्बा प्राथमिक अस्पताललाई  ८ बेड अस्थायी टेण्ट निर्माण, पिपिइ १२ सेट, फेस्शिल्ड १२ पिस, पन्जा ५ बकस, माक्स २५ सय  पिस, स्यानिटाइजर १० लिटर र  ३० पिस साबुन हस्तान्तरण गरेको हो

त्यस्तै रामेछाप रसनालुको गोकुलगंगा अस्पताललाई १२ सिट क्षमता भएको अस्थाई टेण्ट र स्वस्थ्य  सामाग्री हस्तान्तरण गरेको सल्भेसन आर्मी मिशन नेपालको  कोषाध्यक्ष निशान लोले सवाल मिडियालाई जानकारी दिनुभएको छ ।

कोरोना महामारी अहिले तीब्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै जनताको स्वास्थ्यसँग जोडिएको स्वास्थ्य सामाग्री वितरण गरेको कोषाध्यक्ष लोले  बताउनुभएको छ ।

विगतका बिपत्तिमा समेत देशका विभिन्न भागहरुमा गएर हातेमालो गरेको र आगामी दिनमा समेत सहयोग गर्ने उहाँले बताउनुभयो। सल्भेसन आर्मी मिशनको स्थापना युद्ध वा बिपत्ति सेवाको भाबनालाई लक्षित गरि स्थापित गरेको अन्तर्राष्ट्रिय कल्याणकारी संस्था हो । बिगत एक दशक देखि नेपालमा समेत गैरसरकारी संस्थामार्फत मानवीय सेवामा कृयाशिल हुँदै आईरहेको लोले बताउनुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE