आत्मालोचना गर्दै गल्ती सच्याउन तयार छु : वामदेव
१८ वैशाख, काठमाडौँ – नेकपा एमालेका नेता वामदेव गौतमले आफूबाट गल्ती कमजोरी भएको स्वीकार्दै त्यसप्रति आत्मालोचना गर्ने बताउनु भएको छ । उहाँले श्रमजीवीवर्गका नेताहरुले सत्तास्वार्थ प्रेरित क्रियाकलाप गर्दा श्रमजीवीवर्गीय आन्दोलनलाई छिया छिया भएको उल्लेख यस्तो क्रियाकलाप रोक्न नसकिए प्रतिगमन प्रतिस्थापित हुने बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा एक शुभकामना वक्तव्य जारी गर्दै गौतमले आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामी सबै नेता–कार्यकर्ताले आफ्नो गल्ती कमजोरी प्रति आत्मआलोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन भएको उल्लेख गर्नु भएको छ । उहाँले भन्नु भयो, ‘म बाट पनि यसबीच केही कमजोरी र गल्ति भएका छन्। आफ्ना गल्ति र कमजोरीप्रति आत्मआलोचित छु । तिनलाई सच्याउन लागि परेको पनि छु। भविष्यमा सबै तथ्यहरु क्रमशः स्पष्ट हुँदै जाने छन्।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE